नेप्से ३८.६१ अंकले घट्यो, ३ अर्ब ७६ करोडको सेयर कारोबार

१९ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो ।

बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ ।

frontline

यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै व्यापार, होटल तथा पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए ।

बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो । सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here