नेप्से परिसूचकमा भारी गिरावट

काठमाण्डु । हप्ताको पहिलो दिन शेयर बजार नेप्से परिसूचक ६३ अङ्कभन्दा धेरैले घटेको छ ।

सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ ।

frontline

यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको १ सय ६५, जलविद्युतको १ सय १, फाइनान्सको ८०, माइक्रोफाइनान्सको १सय १७, जीवन बीमा समूहको ३ सय १० र निर्जीवन बीमा समूहको २ सय ७९ अङ्कले ओरालो लागेको छ ।

यस्तै उत्पादन समूहको १ सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर १ सय ७ अङ्कले घटेको छ । आज दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज १ सय ७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । तीन वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । आजको कारोबारको सर्वाधिक गुमाएने कम्पनीमा य’नियन हाइड्रोपावर लिमिटेर रहेको छ भने सबै भन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको रहेको छ ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here