नेप्सेमा दोहोरो अंकको गिरावट, ९९ करोडमा खुम्चियो कारोबार
३० जेठ, काठमाडौं । सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।
यसदिन नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा बन्द भएको हो ।
नेप्से दोहोरो अंकले ओरालो लागेपछि कारोबार रकम ९९ करोडमा खुम्चिएको छ ।
आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खरिदबिक्री भयो ।
सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३८९.९८ विन्दुमा अडिएको छ ।
दोहोरोले अंकले घटेको सेयर बजारमा २ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट ब्रेक लाग्यो। बलेफी हाइड्रो पावर र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशत हारीहारीले बढ्यो ।
यसदिन चार कम्पनीको सेयर मूल्य ५ प्रतिशत बढीले घट्यो ।
कारोबार रकमका आधारमा यसदिन सानिमा बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ९ करोड १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भयो ।
कारोबारमा आएका सबै समूहको सूचक ओरालो लाग्यो ।
आज ६ कम्पनीको मूल्य १ प्रतिशत बढीले र ७ कम्पनीको ०.९२ प्रतिशतले घट्यो ।
सेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु निरुत्साहित भएका छन्। ठूलो रकम गुमाउनु पर्दा लगानीकर्ताहरु आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्