नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित

नेपाल पत्रकार महासंघ कास्की अध्यक्षको निर्वाचन सम्पन्न भएको छ । कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छिन् ।

शाखाको बुधबार सम्पन्न निर्वाचनको आज घोषणा गरिएको मतपरिणाम अनुसार प्रेस युनियन–प्रेस संगठन प्यानलका उम्मेदवार भण्डारीले प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका केशवशरण लामिछानेलाई ५३ मतान्तरले पराजित भएका हुन् । भण्डारीले १७४ मत प्राप्त गर्दा लामिछानेले १२१ मत पाएका थिए ।

frontline

सन्तोष सुवेदी, युवराज गुरूङ र हरि पन्त विजयी भएको निर्वाचन समितिले नेपाल पत्रकार महासंघ कास्की अध्यक्षको निर्वाचन सम्पन्न भएको छ । कास्की अध्यक्षमा विमला भण्डारी निर्वाचित भएकी छिन् ।

यसैगरी कृष्ण दवाडी कोषाध्यक्ष, खुल्ला उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिव खुल्लामा श्रीराम सिग्देल, सहसचिव समावेशीमा रेम विक विजयी भएका छन् ।

यसैगरी महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली,जनजातिमा पदम श्रेष्ठ र समावेशी सदस्यमा जैनव खातुन विजयी भएका  छन् ।

खुला सदस्यहरुमा धन बहादुर गुरूङ, शिवराज बस्ताकोटी,कञ्चन थापा, गीता राना मगर ,प्रभु अधिकारी, सन्तोष बस्याल, जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here