नेपाली महिला टाेली भारतमा हुने फोर नेसन्स कपमा सहभागि हुने
३ मंसिर काठमाडौं । नेपाली महिला फुटबल टाेलीले आगामी डिसेम्बर ९ देखि २१ सम्म भारतमा हुने फोर नेसन्स कपमा सहभागिता जनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार नेपालले प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको जानकारी गराएको हो ।
एसियन कप खेल्न लागेको भारतले त्यसको तयारीस्वरूप फोर नेसन्स कपको आयोजना गरेको हो।
प्रतियोगितामा सहभागी हुने अन्य दुई टोलीको भने टुंगाे लाग्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्