नेपाली चेलीबेटीलाई प्रलोभन देखाई दुबई लगि अलपत्र पार्ने राजेन्द्र सिंह

श्रोत : ईन्टरनेट

१३ पुस, काठमाडौं । बिगत केही समय यता दुबई भिजिट भिसामा जानेको संख्या दिन प्रतिदिन बड्दै गएको देखिएको छ ।

त्रिभुवन विमानस्थलमा हिजो राती भिजिट भिसामा दुबई जान लागेका चार नेपाली युवतीलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो नियन्त्रणमा लिएको छ ।

frontline

नियन्त्रणमा लिई सकेपछि सोधपुछका आधारमा काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा रहेको हिमालय होम कियर एण्ड नर्सिङ एजेन्सीले अध्यागमन बिभागलाई पैसा घुस दिनु पर्छ भन्दै प्रती व्यक्ती नेपाली पाँच लाख लिइएको खुल्न आएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले जानकारी दिए अनुसार बिगत १० महिना देखि बाट सुदुरपश्चिम प्रदेश बैतडी पन्चेश्वर गाउँपालिका बस्ने राजेन्द्र सिंह भण्डारी पासपोर्ट नम्बर ०७४०५८९३ का व्यक्तिले नेपाली चेलीबेटीलाई काम लगाईदिने प्रलोभन देखाई दुबई लगि अलपत्र पारेको जनाईएको छ ।

नाम नखुलाउने सर्तमा दुबईमा रहेकी एक युवतीले हामी संग टेलीफोन सम्पर्कमा चार लाख दस हजार लिएर दुबई ल्याएको तर काममा नलगाई अलपत्र पारेर हिडेको बताईन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here