नेपालसहित चार नेताको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

फ्रन्टलाइन राजनीति । नेकपा एमालेले माधव कुमार नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बिहिबार बिहान बसेको स्थायी कमिटीको बैठकले बरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसाल लाई गरिएको कारबाही फुकुवा गरेको एमाले स्थायी कमिटी श्रोतले जानकारी दिएको छ ।

समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपालसहित रावल, पाण्डे र भूसाललाई एमालेले ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो । गठबन्धन सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो । एमाले श्रोतका अनुसार सो बैठकमा समसामियक राजनीतिक परिस्थिति र सरकार गठनका विषयमा छलफल भएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here