नेपालमा धर्मनिरपेक्ष भएकाले हिन्दुत्व र हिन्दु संस्कार र संस्कृति संकटमा
मेवालाल यादव , रौतहट
राष्ट्रिय एकता अभियानले चिनियाँ बिस्तारवाद एवम् इस्लामीक अतिवादको विरुद्ध र संघीय हिन्दु गणतन्त्रको अभियान सुरु गरेको छ । राष्ट्रिय एकता अभियान रौतहट जिल्लाको कर्मचारी मिलन केन्द्रको सभाहलमा सोमबार गौरमा ‘संघीय हिन्दु गणतन्त्र विषयक बिचार गोष्ठी’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल धर्मनिरपेक्ष भएकाले हिन्दुत्व र हिन्दु संस्कार र संस्कृति संकटमा परेको राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष बिनय यादवले बताउनुभयो ।
‘वेद, पुराण तथा बिभिन्न धार्मिक ग्रन्थहरुमा नेपालमा भएको हिन्दुत्व र हिन्दु संस्कारका बारेमा बर्णन गरिएकाले त्यसको संरक्षण र सम्बद्र्धनका लागि संघीय हिन्दु गणतन्त्र आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हिन्दुहरुको महान धर्मग्रन्थ रामयणमा वर्णन गरिएको राजा जनक र देवी सीताको जन्मभूमीसमेत रहेको नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्रका लागि सक्षम रहेकाले यो अभियानलाई सफल पार्ने सबै हिन्दुको दायित्व हो ।’
हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित अनेकौं पौराणिक स्थल रहेको नेपाल संघीय हिन्दु गणतन्त्र हुनु आवश्यक रहेकाले यो अभियान देशभरि सञ्चालन गरेको बताउनुभयो । ‘एकथरी राजासहितको हिन्दु गणतन्त्रको वकालत गरिरहेका छन् तर सहीदहरुले सहादत दिएर आएको गणतन्त्र मास्न नदिनका लागि पनि संघीय हिन्दु गणतन्त्रको अभियान सफल बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘संसारमा अनेकौं इस्लामिक राज्य भएकाले नेपाल संघीय हिन्दु गणतन्त्र राष्ट्र हुनु आवश्यक छ ।’ नेपालको पोखरा एयरपोर्ट , सगरमाथा , तथा देश बिदेशका पनि उदाहरण दिएका छन् । मुलुकमा धर्मनिरपेक्षता भएदेखि हिन्दु धर्म, संस्कार र संस्कृति दैनिक संकुचनमा पर्दै गएको बताउनुभयो । धर्मनिरपेक्षताले हिन्दु र हिन्दुत्व नास भइरहेको हुँदा संघीय हिन्दु गणतन्त्र अभियानमा सबैलाई लाग्न आह्वान गर्नुभयो । उहाँले हिन्दु धर्मले महिलालाई देवीको दर्जा दिएकाले पनि सम्पूर्ण महिलाहरुलाई यो अभियानमा सरिक भएर सफल बनाउनु दायित्व भएको बताउनुभयो ।
राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवको प्रमुख अतिथिमा १७ सदस्यीय राष्ट्रिय एकता अभियानका रौतहट तदर्थ समिति गठन भएको छ।
१. संयोजक – रामनिवास सिंह
सदस्य – हिरालाल यादव , शशि यादव, गुड्डु यादव, प्रभु नारायण तिवारी , भैरो जयसवाल , कल्याण पन्डित , पनिलाल राम , रबिन्द्र यादव, जलन्धर साह, छठु साह, दिनेश साह , बिजय यादव अरबिन्द पसवान , उदय प्रसाद साह, बिध्यानन्द दुब्बे लगायत हजारौंको संख्यामा उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्