नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमीआएन

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमी आउन सकेको छैन ।

मंगलबार मात्रै १०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

frontline

सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगे पनि मृतकको संख्या घट्न सकेको छैन ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

कूल संक्रमितको १ दशमलव ६ प्रतिशतको मृत्यु भएको हो ।

मंगलबार ५ हजार १ सय ५३ संक्रमित थपिएका छन् ।

१२ हजार ६५ पीसीआरबाट ३ हजार ८ सय ७० तथा ५ हजार ६ सय ११ एन्टिजेनबाट १ हजार २ सय ८३ गरी १७ हजार ६ सय ७६ परीक्षणको झण्डै ३० प्रतिशतमा संक्रमण भएको हो ।

थपिएकामा काठमाडौंका ८ सय ३६, झापाका ३ सय १८, ललितपुरका २ सय ६९, कास्कीका २ सय २०, मोरङ्गका १ सय ९१, सुनसरीका १ सय ७१ तथा भक्तपुरका १ सय २१ जना हुन् ।

अहिलेसम्म ५ लाख ९५ हजार ३ सय ६४ जना संक्रमित भइसकेका छन् ।

आज ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म ५ लाख ४ हजार ५ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

यो कुल संक्रमितको ८४ दशमलव ७ प्रतिशत हो ।

हाल ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here