नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान ठोक्कियो एक जनावरसँग

९ मंसिर, काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेकाअनुसार काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७:०१ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।

अवतरणका क्रममा धावन मार्गमा स्यालको बच्चाजस्तो देखिने जनावरसँग ठोक्किएको डीएसपी न्यौपानेले जानकारी दिए । उनकाअनुसार चालकदलसहित सबै यात्रु सकुशल छन् । 

frontline

“विमानस्थलमा ल्यान्ड गर्ने क्रममा सानो एउटा स्यालको बच्चाजस्तो देखिने जनावरमा ठक्कर खाएर अवतरण भयो । अलिकति विमानको अगाडिको नोज गेयरमा समस्या देखिएको छ । त्यस्तो अप्रिय घटना केही भएको छैन,” डीएसपी न्यौपानेले भने ।

विमान कुन जनावरसँग ठोक्किएको हो भन्ने प्रष्ट भइसकेको छैन । तर, विमान चालकले स्यालजस्तो देखिने जनावर भएको बताएको विमानस्थलमा खटिएका एकजना प्रहरी अधिकारीले बताए ।

ती अधिकारीकाअनुसार धावनमार्गमा रगतसँगै ठोक्किएको जनावरको शरीरको केही भाग देखिएको थियो । पछि धावनमार्गलाई पानीले पखालिएको उनले बताए ।

यसअघि सोही विमानस्थलमा गत कात्तिक १६ गते सीता एयरको जहाजमा बँदेलसँग ठोक्किएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here