नेपालगञ्जका आन्दोलनरत पक्षबीच चार बुँदे सहमति

२१ पुस, नेपालगन्ज । नेपालगन्जकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन स्थगित भएको छ।

गृह मन्त्रालयसँग चार बुँदे सहमति भएपछि अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन्। मंसिर ९ देखि रुबीलगायतका अधिकारकर्मीहरूले माइतिघरमा धर्ना दिएका थिए। 

frontline

यस्तो छ ४ बुँदे सहमति

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।

२. यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।

३. यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि ‘फलोअप’ गर्ने सहमति गरियो ।

४. उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here