नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

७ पौष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसक्ने टिप्पणी गरेका छन् । 

मंगलबार कपिलवस्तुमा आयोजना गरेको बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको उर्भरभूमि बाँझो राखेर भारतलाई पानी दिन नसक्ने बताएका हुन् ।

frontline

‘नौमुरे परियोजना मेरै कार्यकालमा अगाडि बढाएको हो’, ओलीले भने, ‘कपिलवस्तुको उर्भरभूमिमा सिंचाई गर्न मेरो नेतृत्वको सरकारले धेरै महत्वपूर्ण काम गरेको छ ।’

उनले जालझेल र षड्यन्त्रबाट आफुलाई अपदस्थ गरेको जिकिर गर्दै आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको योजनालाई पूरा गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here