नेपालको आर्थिक, सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय छ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले नेपालको आर्थिक र सामाजिक विकासमा ज्यापु समुदायको योगदान अनुकरणीय रहेको बताएका छन्।

१९ औं राष्ट्रिय जापु दिवसका अवसरमा काठमाडौंको वषन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कृषि र कला क्षेत्रमा ज्यापु समुदायको महत्वपूर्ण योगदान रहेको बताए।

frontline

‘नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले गर्दै आएको योगदान अनुकरणीय छ,’प्रधानमन्त्री देउवाले भने,’ सबैले कदर गर्नुपर्छ।’

ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण गर्न सरकारले अक्षय कोष स्थापना गरेको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले यसले केही राहत पुग्ने विश्वास व्यक्त गरे।

 नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उनको भनाइ छ । 

आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री देउवाले बताए।

उनले नेपाल भौगोलिक रुपमा सानो भएता पनि प्राकृति र सांस्कृति सम्पदाले धनी मुलुक रहेको र संस्कृति र सभ्यतालाई जीवन्त राख्नु साझा दायित्व रहेको बताए।

देउवाले चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गास्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here