नेपालको अवस्था संकटग्रस्त , सङ्क्रमण दर डरलाग्दो

फ्रन्टलाइन देश काल । गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको ।

प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० छ ।

frontline

यस्तै मृत्युदर पनि भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ५ प्रतिशत छ भने नेपालमा तीन दशमलव ३ प्रतिशत छ । यसैगरी सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा नेपालमा दोब्बरले बढेको डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो । यसले नेपालको अवस्था भारतको भन्दा नाजुक रहेको देखिएको छ ।

डाक्टर श्रेष्ठले सङ्क्रमितको अहिलेको अवस्थालाई हेर्दा समुदायमा यो भन्दा धेरै सङ्क्रमित हुन सक्ने देखिएको बताउनुभयो । कोरोनाको सङ्क्रमण नेपालमा बढ्दै गएकाले सङ्क्रमण दर घटाउन सङ्क्रमितले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

ज्वरो आए, खोकी लागे वा शरीर दुखे तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि डाक्टरको सुझाव छ । यस्तै कट्याक्ट ट्रेसिङमा परेकाहरूले पनि तुरुन्त परीक्षण गराउनु पर्ने डाक्टरको भनाइ छ । बेलैमा कन्ट्याक्ट ट्रेसिङ भएर परीक्षण भएमा ८५ प्रतिशत सङ्क्रमण फैलनबाट रोक्न सकिने डाक्टरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here