नेपालका ११ उपमहागरपालिकामा बढे मतदाता
१६ चैत, काठमाडौं । नेपालका ११ वटै उपमहागरपालिकामा मतदाता बढेका छन् । २०७४ सालको तुलनामा २०७९ सालको स्थानीय चुनावमा मतदाता बढेका हुन् ।
निर्वाचन आयोगको विवरण अनुसार ११ वटा उपमहागरपालिकामध्ये सबैभन्दा धेरै दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय मतदाता बढेका छन् ।
लुम्बिनी प्रदेशको घोराहीमा २०७४ मा ३७ हजार ७८७ पुरुष र ४० हजार ६४० महिला गरी कूल ७८ हजार ४२७ मतदाता थिए । अहिले बढेर पुरुष ५४ हजार २२१ र महिला ५८ हजार ७०६ गरी जम्मा एक लाख १२ हजार ९२७ पुगेको छ ।
दाङकै तुलसीपुर उपमहागरपालिकामा ३० हजार ७८४ मतदाता बढेका छन् । २०७४ सालमा पुरुष ३७ हजार ५३९ र महिला ३९ हजार ३५३ गरी ७६ हजार ८९३ मतदाता थिए ।
२०७९ मा आइपुग्दा पुरुष ५२ हजार १३३ र महिला ५५ हजार ५४३ गरी एक लाख सात हजार ६७७ पुगेको छ ।
लुम्बिनी प्रदेशकै रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा २३ हजार ४०२ जना मतदाता बढेका छन् ।
निर्वाचन आयोगका बुटवलमा २०७४ सालमा पुरुष ३१ हजार ७५० र महिला ३४ हजार ९११ गरी ६६ हजार ६६३ मतदाता थिए । अहिले पुरुष ४२ हजार ६७९ र महिला ४७ हजार ३८३ गरी ९० हजार ६५ जना मतदाता पुगेका छन् ।
बाँकेको नेपालगञ्जमा १९ हजार ३९७ ले मतदाता संख्या बढेको छ । निर्वाचन आयोगका अनुसार २०७४ सालमा पुरुष ३३ हजार ३७६ र महिला २९ हजार २१ गरी ६२ हजार ३९७ मतदाता थिए ।
यसपटक नेपालगञ्जबाट पुरुष ४३ हजार १११ र महिला ३८ हजार ६७९ गरी जम्मा ८१ हजार ७९४ जना मतदाताले मतदान गर्न पाउँछन ।
प्रदेश १ को सुनसरीको इटहरी उपमहानगरपालिकामा पाँच वर्षको अवधिमा २६ ९२९ मतदाता बढेका छन् ।
२०७४ सालमा पुरुष ३६ हजार ७५७ र महिला ४० हजार ९४० गरी कूल ७७ हजार ६९७ मतदाता रहेकोमा अहिले बढेर पुरुष ४९ हजार ९२५ र महिला ५४ हजार ७०० गरी एक लाख चार हजार ६२६ पुगेको छ ।
सुनसरीकै धरान उपमहानगरपालिकामा २१ हजार ३४ जना मतदाता बढेका छन् ।२०७४ सालमा पुरुष ३७ हजार १४२ र महिला ४२ हजार १४८ गरी ७९ हजार २९० मतदाता रहेकोमा हाल बढेर पुरुष ४७ हजार ४०८ र महिला ५२ हजार ९१६ गरी एक लाख ३२४ पुगेको छ ।
बागमति प्रदेशको हेटौंडा उपमहागरपालिका २० हजार ८३४ मतदाता बढेका छन् । पाँच वर्ष अघि पुरुष ४० हजार २१२ र महिला ४३ हजार ४२५ गरी ८३ हजार ६३९ मतदाता रहेकोमा अहिले बढेर पुरुष ५० हजार ७२५ र महिला ५३ हजार ७४५ गरी एक लाख चार हजार ४७३ पुगेको छ ।
सुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो – धनगढी । जहाँ पाँच वर्षको अवधिमा १६ हजार ७२१ मतदाता बढेका छन् ।
२०७४ सालमा पुरुष ३७ हजार ८६६ र महिला ३८ हजार ५६१ गरी जम्मा ७६ हजार ४३० मतदाता रहेकोमा अहिले बढेर पुरुष ४५ हजार ९२४ र महिला ४७ हजार २२४ गरी कूल मतदाता संख्या ९३ हजार १५१ पुगेको छ ।
यसैगरी, मधेश प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिका १३ हजार ८६६ जना मतदाता बढेका छन् ।
पाँच वर्षअघि पुरुष ३२ हजार ०९० र महिला २४ हजार ३९९ गरी ५६ हजार ४९० रहेकोमा अहिले बढेर पुरुष ३९ हजार ६६२ र महिला ३० हजार ६९३ गरी ७० हजार ३५६ पुगेको छ ।
बाराकै जितपुर–सिमरा उपमहागरपालिकामा १३ हजार ४०४ र धनुषाको जनकपुरधाम उपमहागरपालिकामा ११ हजार १७५ जना मतदाता बढेका छन् ।
पाँच वर्षअघि जितपुर–सिमरामा पुरुष २९ हजार ९२७ र महिला २६ हजार ७३३ गरी ५६ हजार ६६० मतदाता थिए । अहिले बढेर पुरुष ३६ हजार ९६२ र महिला ३३ हजार १०२ गरी ७० हजार ६४ पुगेको छ ।
मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिका २०७४ सालमा पुरुष ४० हजार ७४० र महिला ३४ हजार ८५१ गरी ७५ हजार ५९४ जना मतदाता थिए । अहिले बढेर पुरुष ४७ हजार ५०८ र महिला ३९ हजार २५८ गरी ८६ हजार ७६९ जना मतदाता पुगेका छन् ।
क्र.स | उपमहानगर | २०७४ | २०७९ | बढेको संख्या |
१. | इटहरी | पुरुष : ३६७५७महिला : ४०९४०जम्मा : ७७६९७ | पुरुष : ४९९२५महिला : ५४७००जम्मा : १०४६२६ | २६,९२९ |
२. | धरान | पुरुष: ३७१४२महिला : ४२१४८जम्मा : ७९२९० | पुरुष : ४७४०८महिला: ५२९१६जम्मा : १००३२४ | २१,०३४ |
३. | जनकपुरधाम | पुरुष : ४०७४०महिला : ३४८५१जम्मा : ७५५९४ | पुरुष : ४७५०८महिला : ३९२५८जम्मा :८६७६९ | ११,१७५ |
४. | जितपुर– सिमरा | पुरुष : २९९२७महिला :२६७३३जम्मा : ५६६६० | पुरुष : ३६९६२महिला : ३३१०२जम्मा : ७००६४ | १३,४०४ |
५. | कलैया | पुरुष : ३२०९०महिला : २४३९९जम्मा : ५६४९० | पुरुष : ३९६६२महिला : ३०६९३जम्मा : ७०३५६ | १३,८६६ |
६. | हेटौँडा | पुरुष : ४०२१२महिला : ४३४२५जम्मा : ८३६३९ | पुरुष :५०७२५महिला : ५३७४५जम्मा : १०४४७३ | २०,८३४ |
७. | बुटवल | पुरुष : ३१७५०महिला : ३४९११जम्मा : ६६६६३ | पुरुष : ४२६७९महिला : ४७३८३जम्मा : ९००६५ | २३,४०२ |
८. | घोराही | पुरुष : ३७७८७महिला : ४०६४०जम्मा : ७८४२७ | पुरुष : ५४२२१महिला : ५८७०६जम्मा : ११२९२७ | ३४,५०० |
९. | तुल्सीपुर | पुरुष : ३७५३९महिला : ३९३५३जम्मा :७६८९३ | पुरुष : ५२१३३महिला : ५५५४३जम्मा : १०७६७७ | ३०,७८४ |
१०. | नेपालगञ्ज | पुरुष :३३३७६महिला : २९०२१जम्मा : ६२३९७ | पुरुष : ४३१११महिला : ३८६७९जम्मा :८१७९४ | १९,३९७ |
११. | धनगढी | पुरुष : ३७८६६महिला : ३८५६१जम्मा : ७६४३० | पुरुष : ४५९२४महिला: ४७२२४जम्मा : ९३१५१ | १६,७२१ |
प्रतिक्रिया दिनुहोस्