नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को नेतृत्व- प्रितेश कार्की

 सान फ्रान्सिस्को बे एरीयाका  समाजसेपी एवंम  ब्यबसायी प्रितेश कार्कीले अबको दुई बर्षको लागि यसै क्षेत्रको पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को नेत्रित्व गर्न आफु तयार रहेको बताएका छन् । करिब डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका काकीले अमेरिकाबाट इन्जिनियरिङमा स्नातकोत्तरसम्मको   अध्ययन पुरा गरेसँगै उनले ब्यबसाय र समाजसेवामा हात हालेका हुन् । 

बुवाआमा, श्रीमती र दुई सन्तानको साथमा सान फ्रान्सिस्को बे एरीयामा बस्दै आएका ब्यबसायी प्रितेश उनले २०१७ – २०१८ को न्यान्सको कार्यकालमा महासचिबको रुपमा काम गर्नु भएको यहाँको समाजमा एउटा आशलाग्दो युवा स्थापित नाम हो, संस्थाको काममा अहोरात्र खट्न सक्ने पहिचान बनाइसेका छन् । ब्यक्तिगत स्वार्थ र इछ्यालाई त्यागेर सबैजना एकताबद्ध ढंगले अघि  बढेको  खन्डमा हरेक समस्या र चुनौतिको सजिलै सामना गर्न सकीन्छ भन्ने बिचारबाट प्रितेश कार्की प्रेरित छन् । 

frontline

नेतृत्वमा गएको खण्डमा नयाँ र अग्रजपुस्ता बिचको ग्यापलाई हटाउदै २००९ देखिको अधुरो नेपाली कम्युनिटी सेन्टरको अवधारणा लाई पुरा गर्ने मुल उदेश्य को लागी काम गर्ने उनले वाचा गरेका छन् । समाजसेवामा रुची,अनुभब र पर्याप्त समय भयकोले पुरा समय दिएर समाजको लागि काम गर्न सक्छु भनेर कार्कीले आफ्नो योजना सुनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here