नृत्यसंगै चित्रकलामा अब्बल रविशा

आजका युगका बालबालिका पहिलेका भन्दा धेरै हिसाबले अघि रहेका छन् । आजका बालबालिकामा विद्यालय उमेरदेखिनै कुनै न कुनै क्षमता र प्रतिभा लुकेको हुन्छ । तर कुनै बालबालिकामा प्रतिभा निखारिएको हुन्छ र प्रस्फुटन गर्ने क्षमता पनि रहन्छ ।
विभिन्न प्रतिभामध्ये चित्रकलामा अब्बल एकजना बालिका हुन सेन्ट मेरिज हाई स्कुल जावलाखेलमा पढ्ने रविशा खत्री । उमेरले ९ वर्षमा हिँड्दै गरेकी रविशा बाँसबारी काठमाडौँमा बस्छिन् । उनि विभिन्न खालका चित्रहरु बनाउन सिपालु छिन् । स्कुलमा हुने प्रतियोगिताहरुमा पनि उत्कृष्ट ठहरिने उनि पढाई संगसंगै चित्रकलालाई पनि अगाडी लिएर गइरहेकी छिन । आमा सिता खत्री र बुबा बलभद्र खत्री छोरीको प्रतिभा देखेर दंग छन् । उनिहरु छोरीलाई अझै राम्रो गर्न हौसला दिन्छन् । रविशा पनि अभिभावकले दिएको हौसला देखेर झन उत्साहित हुन्छिन् ।
आजका बालबालिका भोलीका कर्णाधार हुन । तिनको क्षमतालाई पहिचान गरि उजागर गर्न सके पक्कै अधिकांश बालबालिकाले सफल र सुन्दर भविष्य कोर्न सक्षम हुनेछन् । त्यसका लागि ठुलो भुमिका र हात अभिभावकको रहन्छ ।

frontline

https://www.facebook.com/huglifenepal/posts/2724269484551552

प्रतिक्रिया दिनुहोस्

poster-here