नुवाकोटमा बढ्न थाले कोरोना संक्रमित

१३ साउन, नुवाकोट । केही समयअघिसम्म नुवाकोटमा कोरोना संक्रमित थिएनन्। तर साउन सुरुभएसँगै जिल्लामा कोरोना संक्रमित बढ्न थालेका छन्। 

जिल्लामा १२ स्थानीय तह रहेका छन्। जिल्लामा शुक्रबारसम्म १० जना सक्रिय संक्रमित थपिएका छन्। एकैदिन चार जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। 

frontline

पछिल्लो २४ घण्टामा नुवाकोटमा १३ जनाको आरटिपिसिआर गर्दा परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए। 

सबै सक्रिय संक्रमित विदुर नगरपालिकाका हुन्। जसमा ६ महिला र ४ जना पुरुष रहेका छन्। उनीहरू होम आइसोलेसनमा बसेका उनले बताए। नुवाकोटमा हालसम्म कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ।

जिल्लामा ३१ हजार १९ जनाको आरटिपिसिआर परीक्षण गरिएको छ। जसमध्ये नौहजार तीनसय ८२ जना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। 

संक्रमितमध्ये तीनहजार आठसय १७ जना महिला रहेका छन्। कुल संक्रमितमध्ये नौहजार तीनसय २० जना निको भइसकेका छन्।

कोभिड-१९ को नयाँ लहर नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। 

पहाडी संरचना रहेको नुवाकोटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल संयोजक रहेको जिल्ला विपद् व्यवस्थापन समितिले राजधानी काठमाडौंसँग जोडिएको भएकाले पनि कोभिड संक्रमण बढ्न सक्ने जनाउँदै स्वास्थ्य संस्थाहरू तयारी अवस्थामा रहनुपर्ने निष्कर्ष निकालेको हो।

यसका लागि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, अस्पताल सैय्याहरू, जनशक्ति व्यवस्थापन, औषधि र अक्सिजन कमी हुन नदिन समितिले निर्देशन दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here