नीतिगत कार्यक्रम कार्यन्वयनमा साथ दिन निजामति कर्मचारीहरुलाई प्रधानमन्त्रीको आग्रह

फाइल फोटो

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

सोमबार सिंहदरवारमा आयोजित नीतिगत कार्यक्रम सार्वजनिक समारोहमा निजामति कर्मचारीहरुलाई पनि यसको कार्यन्वयनमा साथ दिन आग्रह गरे । 

frontline

‘सरकारको मुलभूत ओरियन्टेसन के हुने भन्ने कुरा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसकारण दुविधारहित ढंगले यसलाई कार्यान्वयन गरेर जानुको कुरामा र स्थायी सरकार हुनुको नाताले मुख्य सचिवदेखि कर्मचारीतन्त्रका सवै पदाधिकारी विशेष रुपले भन्न चाहान्छु’, प्रधानमन्त्रीले भने, ‘तपाईहरुको क्षमता र दक्षताप्रति पुरै विश्वास छ ।

तर राजनीतिक अस्थिरताका कारण त्यो क्षमताको सहि सदुपयोग हुन सकेको छैन कि भनेर अस्ति पनि मैले प्रश्न उठाएको थिएँ । अव त्यस्तो हुने छैन ।’

उनले दोहोरो कुरा नगरी नीति तथा कार्यक्रममा जे राखिएको छ त्यसको कार्यन्वयनका लागि कर्मचारीहरुलाई समेत लाग्न निर्देशनात्मक सुझाव दिए । उनले सबै सचिवहरुलाई यो कार्यक्रम एक महिनाभित्र कार्यन्वयनको दिशामा लैजान निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here