निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ७७ वटै जिल्लामा ९ सय ३ बम डिस्पोजल टोली तयारी अवस्थामा

२ मंसिर, काठमाडौं । अन्य सुरक्षा निकायले जस्तै नेपाली सेनाले पनि निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सुरक्षाको तेस्रो घेरामा रहने सेनाले देशैभर हवाई गस्ती, बम डिस्पोजल टोली र अस्थायी शिविर खडा गरी तयारी अवस्थामा राखेको छ । सेनाले सुरक्षा अवस्था मजबुत रहेकाले निर्धक्कसँग मतदान गर्न सबैलाई अपिल गरेको छ ।

विगत जस्तै, एकीकृत सुरक्षा योजना अन्तर्गत ७५ हजारको हाराहारीमा सेना परिचालन भइसकेको छ । सेनाले सबै क्षेत्रमा निर्वाचन सामाग्री पुर्‍याउने दायित्व निर्वाह गरी पहिलो चरणको काम सम्पन्न गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल बताउनुहुन्छ ।

frontline

अधिकांश प्रहरी जनशक्ति चुनावमा गएपछि देशका महत्वपूर्ण १ सय ११ संरचना र प्रतिष्ठानको सुरक्षा जिम्मेवारी यतिबेला सेनाले लिएको छ ।

कुनै पनि शंकास्पद समूहबाट अप्रिय घटना नहोस भन्नका लागि ७७ वटै जिल्लामा ९ सय ३ वटा बम डिस्पोजल टोली तयारी अवस्थामा राखिएको छ ।

यस बाहेक नेपाली सेनाले सुरक्षा संवेदनशिलतालाई हेरेर विभिन्न जिल्लामा अस्थायी शिविर स्थापना गरी चुनावी सुरक्षालाई थप विश्वसनीय बनाएको दावी गरेको छ ।

हवाई गस्तीका लागि सुनसरी, कास्की र महोतरीमा सेनाको हेलिकप्टर तैनाथी अवस्थामा राखिएको छ । मतदान सम्पन्न भइसकेपछि दुर्गम ठाउँका मतपेटिका ओसार्ने काममा सेनाको महत्वपूर्ण भूमिका रहने छ । हिमाली भेगमा चिसो बढेकाले मतपेटिका ल्याउन समस्या हुने भएकाले सेनाको सहयोगमा ती काम सम्पन्न गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here