निर्वाचन निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने-उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी

उर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार ढलाउछौं भनेर सपना नदेख्न आग्रह गरेका छन् । उनले वर्तमान सरकारलाई ढलाउन नसक्ने देखेपछि नेकपाबाट छुट्टिएर गएको नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको दावी गरे। 

माओवादीले समेत समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने भन्ने विषयमा सहमति र सहकार्य नभएको प्रष्ट हुने जानकारी दिए । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नेता रायमाझीले वर्तमान अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको बताए  । 

frontline

एमालेले अन्य दलको समर्थन जुटाएर भएपनि सरकारमा समर्थन बनाउने दिशामा अघि बढ्ने बताउँदै प्रतिपक्षमा भएपनि निर्वाचनमा डटेर जाने उनको भनाइ छ  । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको विषय निरकुंशतावादी हो या लोकतन्त्रवादी भनेर समयले बताउने उनले बताए ।

अहिलेको अवस्थामा धेरै नेताहरुले निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै आएको उनको जिकिर छ । देशलाई निकाश दिने पार्टी एमाले र नेता केपी ओली मात्र भएको उनको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here