निर्वाचन नजिकिएसँगै शिलान्यास र उद्घाटन कार्यक्रममा क्रियाशिल हुँदै प्रचण्ड

१६ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशिल हुन थालेका छन्।

केही दिन अगाडि चितवन पुगेर फर्किएका प्रचण्ड पुन : बुधबार शिलान्यास र उद्घाटन कार्यक्रममा सहभागी हुन गएका हुन् । 

frontline

उनले नारायणी तटबन्धको शिलान्यास, पुर्वी चितवनमा विद्युत सव स्टेसन र महानगरको कभर्ड हल उद्घाटन गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। मल्लले भने,‘दिनभर अध्यक्ष कमरेड प्रचण्ड चितवनका विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ।’

यस अगाडि प्रचण्डले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगरपालिकाको प्रशासनिक भवन सिलान्यास गरेर फर्किएका थिए।

प्रचण्डले चितवनबाटै निर्वाचन जितेका हुन् भने भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन्।

यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन्। माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र रेणुलाई दोहोर्‍याउने जनाउँदै आएको छ ।

गठबन्धनको विषय उठेपछि जिल्लास्तरमा कांग्रेसले भने भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने भन्दै कांग्रेस नेतृत्वको आलोचना भइरहेको छ। प्रचण्ड भने रेणुलाई गठबन्धनबाटै महानगर वा संघीय निर्वाचनमा चितवनबाट उठाउने तयारी गरेका छन्। 

मंगलबार मात्र सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

चितवनलाई कांग्रेस नछाड्ने र केन्द्रको निर्देशन नमान्ने चर्चा जिल्ला तहमा भइरहेको र केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले विषय प्रवेश गराएपछि सभापति शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा जथाभावी नबोल्न चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here