निर्वाचनको सुरक्षालगायत विषयमा छलफल गर्न नेपाल भारतका अधिकारीबीच बैठक हुने

१९ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थालगायत विषयमा छलफल गर्न नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच शनिबार रुपन्देहीमा अन्तरसीमा समन्वय बैठक हुने भएको छ ।

समन्वय बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख र यहाँका तीन जिल्लासित सीमा गाँसिएका भारतका सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डीएम र सुरक्षा प्रमुखको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

frontline

पाण्डेले मुख्य त निर्वाचनका बेला सीमा सिल गर्ने विषयमा छलफल हुने बताउनुभयो । त्यसैगरी चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा छलफल हुने उहाँको भनाई छ ।

बैठकमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा सरोकारवालाको सहभागिता रहनेछ । बैठकमा पेस गरिने एजेन्डाबारे तयारी पूरा भएको बताईएको छ ।

निर्वाचनलाई सुरक्षित र भयरहित तुल्याउन सीमा समन्वय बैठक आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here