निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

२८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले अन्तिम नतिजा घोषणा गरेको हो ।

प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी ८२५ जना निर्वाचित भएको घोषणा गरिएको छ । प्रतिनिधिसभातर्फ पुरुष १८४ (६६.९० प्रतिशत) र महिला ९१ (३३.१० प्रतिशत) जना निर्वाचित भएको आयोगले जनाएको छ ।

frontline

प्रदेशसभातर्फ पुरुष ३५० (६३.६४ प्रतिशत) र महिला २०० (३६.३६ प्रतिशत) जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here