निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन

श्रोत:ईन्टरनेट

बनेपा पनौती सडक पिच नहुदा एउटै पिरलो धुलो र हिलोको समस्या

पनौती–काभ्रेको बनेपा पनौती सडक पिच नहुदा एउटै पिरलो धुलो र हिलोको समस्या । मौसमले साथ दिएमा १ महिनाभित्र कालोपत्रे गरिसक्ने तयारीले अव यो समस्या छिट्टै समाधान हुनेभएको छ ।

frontline

यसैबीच पनौती नगरपालिकाका नगरप्रमुख भिम न्यौपानेले सडकमा भइरहेको कामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ ।

यो सडकखण्डमा ड्रेन र वालको काम सम्पन्न भइसकेको छ । अस्पाल पिचको लागि सडक डिभिजन कार्यलय भक्तपुर बाट टेण्डर भई निर्माण कम्पनीले सम्झौता गरिसकेको छ ।

सडक छेउभित्ताको विजुलिको पोल र टेलिकमको पोल सार्ने काम समेत करिबकरिब सकिएको छ । अब पिच भएपछि यात्रु र स्थानियबासिहरुलाई राहत हुने पनौती ७ का स्थानीय सविन ताम्राकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here