निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान

काठमाडौं । वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ । घिमिरेले चलचित्र क्षेत्रमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिन लागिएको हो ।

दशैंको छेको पारेर आयोजना हुन लागेको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ मा घिमिरेलाई यो सम्मान दिन लागिएको हो । सोही कार्यक्रममा पत्रकार तुलसी गिरी भावुकलाई पत्रकारिता पुरस्कार समेत प्रदान गरिनेछ । 

frontline

आयोजना क्वालिटी फिल्मस् प्रा.लिले एक विज्ञप्ती जारी गर्दै अवार्ड तथा सम्मानको जानकारी गराएको हो । गीत संगीत, चलचित्र लगायत विभिन्न विधा समेटिएको अवार्ड कोरोना महामारीपछि सुस्ताएको नेपाली गीत संगीत तथा चलचित्र बजारलाई चलायमान बनाउन, स्रष्टालाई सम्मानसँगै गुणस्तरीय सृजनालाई पुरस्कृत गर्न आयोजना गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मका अध्यक्ष उमेश गुरुङले बताए ।

अवार्डमा चलचित्रतर्फ निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादकलगायत करिब दर्जन विधा रहेका छन् भने गीत संगीतमा पनि उत्कृष्ट गायक गायिका, संगीतकार, मोडल, म्युजिक एरेन्जर लगायत करिब दुई दर्जन विधा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here