नियुक्ति विवादमा परेका यी हुन् ५२ संवैधानिक पदाधिकारी, कसको अवस्था के?

हालका प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा संवैधानिक परिषद्बाट ०७७ र ०७८ मा दुई खेप गरी विभिन्न संवैधानिक निकायमा ५८ पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए।

पहिलो खेपमा ३८ जना सिफारिस हुँदा तीमध्ये ३२ जनाले मात्र नियुक्ति लिएका थिए। दोस्रो खेपमा २० जना नियुक्त भए।

frontline

पहिलो चरणमा २०७७ माघ २१ गते ३२ जनालाई राष्ट्रपतिबाट नियुक्ति दिइएको थियो। त्यतिखेर ११ वटा संवैधानिक निकायमा ३२ पदाधिकारी नियुक्त भएका थिए। तीमध्ये ३१ जना अहिलेसम्म बहालरत छन्।

त्यस्तै दोस्रो चरणमा २० जना नियुक्त भएकामा १८ जना पदमै कार्यरत छन्। 

६५ वर्षको उमेर हदसम्म काम गर्न पाउने ती पदाधिकारीको पदावधि बढीमा ६ वर्ष हुन्छ। पहिलो चरणमा नियुक्त भएका पदाधिकारीले ४ वर्ष ५ महिना काम गरिसकेका छन्।

पहिलो चरणमा नियुक्त भएकाहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दसमेत छन्। आयुक्तद्वय हरि पौडेल र सुमित्रा श्रेष्ठ ब्यान्जू दोस्रो चरणमा नियुक्त भएका हुन्।

दोस्रो चरणमा नियुक्त हुनेहरूले पनि नियुक्ति पाएर काम गर्न थालेको ४ वर्ष बितिसकेको छ। 

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीसहित पाँचै पदाधिकारी दोस्रो चरणमा नियुक्त भएका हुन्। अध्यक्ष रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाइ हुन्। उनीहरूको मूल घर झापा हो।

निर्वाचन आयोग अहिले कार्यवाहक प्रमुखका भरमा चलिरहेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अवकाश पाएपछि आयुक्त राम्रप्रसाद भण्डारीले कार्यवाहक प्रमुखको भूमिकामा काम गरिरहेका छन्। अर्की आयुक्त जानकीकुमारी  तुलाधर पनि पहिलो चरणमै नियुक्त भएकी हुन्।

दोस्रो चरणमा नियुक्त भएका आयुक्त सगुनशमशेर राणा पनि पदमै बहाल छन्।

दुवै चरणका नियुक्ति बदर हुने अवस्थामा अख्तियार, लोक सेवा, निर्वाचन आयोगलगायत धेरै संवैधानिक निकाय खाली हुने अवस्था छ।

अहिले रूपन्देही ३ का लागि उपनिर्वाचन घोषणा भइसकेको छ। तत्काल अर्को नियुक्तिको बाटो जटिल रहेको कारण घोषणा भइसकेको चुनाव कसरी अगाडि बढ्छ भन्ने प्रश्न पनि उठिरहेको छ।

पहिलो चरणको नियुक्ति मात्र बदर भयो र दोस्रो चरणको नियुक्तिले मान्यता पायो भने एक्ला आयुक्त सगुनशमशेर राणाले उपनिर्वाचन गराउनुपर्ने अवस्था आउन सक्छ।

पहिलो चरणमा नियुक्त भएका पदाधिकारी   

क्र.सं.संवैधानिक निकायपदनामथर
१.   अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रमुख आयुक्तप्रेमकुमार राई (बहालरत)
आयुक्तकिशोरकुमार सिलवाल (बहालरत)
आयुक्तजयबहादुर चन्द (बहालरतरत)
२.निर्वाचन आयोगनिर्वाचन आयुक्त (हाल कार्यवाहक प्रमुख आयुक्त) रामप्रसाद भण्डारी (बहालरत)
निर्वाचन आयुक्तजानकीकुमारी  तुलाधर (बहालरत)
३.राष्ट्रिय मानव अधिकार आयोगअध्यक्षतपबहादुर मगर (बहालरत)
सदस्यसूर्यप्रसाद शर्मा ढुंगेल (बहालरत)
सदस्यमिहिर ठाकुर (बहालरत)
सदस्यमनोज दुवाडी (बहालरत)
सदस्यलिली हजुर बस्न्यात (बहालरत)
४.राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसदस्यजुद्धबहादुर गुरुङ (बहालरत)
सदस्यअमरराज मिश्र (बहालरत)
५.राष्ट्रिय महिला आयोगअध्यक्षकमलाकुमारी पराजुली (बहालरत)
सदस्यकृष्णकुमारी पौडेल (बहालरत)
सदस्यविद्याकुमारी सिह्ना (बहालरत)
६.  राष्ट्रिय दलित आयोगअध्यक्षदेवराज विश्वकर्मा (बहालरत)
सदस्यमीनादेवी सोब (बहालरत)
सदस्यटुन्जे कामी (बहालरत)
सदस्यमेहले पार्की (बहालरत)
७.राष्ट्रिय समावेशी आयोगसदस्यरामचन्द्र जोशी (निधन)
सदस्यहरिदत्त जोशी (बहालरत)
८.आदिवासी जनजाति आयोगअध्यक्षरामबहादुर थापामगर (बहालरत)
सदस्यमीनबहादुर श्रीस (बहालरत)
सदस्यरिना राना (बहालरत)
सदस्यशरण राई (बहालरत)
९.मधेसी आयोगसदस्यजीवछ साह (बहालरत)
सदस्यरेणुदेवी साह (बहालरत)
सदस्यविजयकुमार गुप्ता (बहालरत)
१०.थारु आयोगसदस्यसुबोध सिंह थारू (बहालरत)
सदस्यभोलाराम चौधरी (बहालरत)
११.मुस्लिम आयोगसदस्यमहमदिन अलि (बहालरत)
सदस्यमिर्जा अर्सद वेग (बहालरत)

दोस्रो चरणमा नियुक्त भएका पदाधिकारी
२०७८ असार १० गते दोस्रो चरणमा १२ वटा संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्त भएका थिए। तीमध्ये १८ जना बहालरत छन्। २ जना अवकाशमा गइसकेका छन्।

क्रसंसंवैधानिक निकायपदनामथर
१.   अख्तियार दुरुपयोग अनुसन्धान आयोगआयुक्तहरि पौडेल (बहालरत)
आयुक्तसुमित्रा श्रेष्ठ ब्यान्जू (बहालरत)
२.लोक सेवा आयोगअध्यक्षमाधवप्रसाद रेग्मी (बहालरत)
सदस्यमाधव वेल्बासे (बहालरत)
सदस्यवीरबहादुर राई (बहालरत)
सदस्यदिनेश सिलवाल (बहालरत)
सदस्यमञ्जु कुमारी (बहालरत)
३.निर्वाचन आयोगआयुक्तसगुनशम्शेर जबरा (बहालरत)
४.राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसदस्यविपिन राज निरौला,  (बहालरत)
५.राष्ट्रिय महिला आयोगसदस्यजया घिमिरे (अवकाश)
६.राष्ट्रिय महिला आयोगसदस्यसावित्राकुमारी शर्मा, पर्वत (बहालरत)
७.राष्ट्रिय दलित आयोगसदस्यसुन्दर पुर्कुटी (बहालरत)
८.राष्ट्रिय समावेशी आयोगअध्यक्ष राम कृष्ण तिमल्सेना (अवकाश)
सदस्यपुष्पराज तिमिल्सिना (बहालरत)
सदस्यमानप्रसाद खत्री (बहालरत)
९.आदिवासी जनजाति आयोगसदस्यसूर्यबहादुर गुरूङ (बहालरत)
१०.मधेसी आयोगसदस्यआभा कुमारी (बहालरत)
११.थारू आयोगसदस्यउमाशंकरप्रसाद चौधरी (बहालरत)
सदस्यशान्ती मोदी (बहालरत)
१२.मुस्लिम आयोगसदस्यमोहम्मद समशुल हक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here