निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन

१२ पुस, काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को बर्खिपाप हुनेगरी निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई उक्त निर्देशन दिइएका हुन् ।

frontline

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीले निजी सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था छ ।

‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ,’ भनी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here