निजी विद्यालयहरूको संगठन (OPS)
प्रेस विज्ञप्ति
जीवन ज्यूने आधार शिक्षा र शिक्षाको परिपुरक खेलकुद भन्ने मुल आशयलाई आत्मसात गर्दै यस निजी विद्यालयहरूको संगठन (OPS) ले आफ्नो स्थापनाकाल देखि नै सक्रिय ढंगले विभिन्न कृयाकलापमा आफ्ना विद्यार्थीहरूलाई सहभागी गराउँदै आइरहेको छ ।
शिक्षा र खेलकुद मानवीय जीवनका अमूल्य पक्ष अर्थात् जीवनमा उर्जा प्रवाहकको रूपमा एकसाथ अगाडि बढाउँदै आइरहेको निजी विद्यालयहरू (OPS) को संगठन एक काठमाडौँ जिल्ला प्याव्सनको सक्रिय क्लस्टर संगठन हो ।
यस संगठनले हरेक शैक्षिक शत्रमा आफ्नो वार्षिक क्यालेण्डर निर्माण गरी विभिन्न प्रकारका ECA / CCA गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ र हर समय आफ्ना विद्यालयहरुमा अध्ययन गर्ने बालबालीकाहरुको सर्वाङ्गीण विकासमा टेवा पु¥याउनका खातिर यस संगठनले स्थानिय देखी राष्ट्रियस्तरका प्रतियोगितात्मक कार्यक्रम गर्ने मात्र नभई राष्ट्रको धर्म, संस्कृति, रितिरिवाज, प्रथा लगायतका चिजहरूको संरक्षण र श्रीवृद्धिका लागि समेत कहिले राष्ट्रिय बालगीत सम्मेलन त कहिले मेची–महाकाली लोकनृत्य सम्मेलन र श्रष्टा सम्मान जस्ता कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको कुरा जानकारी गराउँदै यही मिति २०७९,जेष्ठ २८ गते सञ्चालन हुन गइरहेको सातौँ OPS टेबल टेनिस पनि यसकै निरन्तरताको रूपमा बुझिदिनु हुन हामी आदरणीय पत्रकारहरू मार्फत सबै खेलप्रेमी महानुभावहरूमा अनुरोध गर्दछौ ।
यस टेबल टेनिस खेल तारकेश्वर–०४, गोलढुङ्गामा अवस्थित ओप्सको सकृय सदस्य विद्यालय सृजना ज्ञानसागर मा. वि. को प्राङ्गणमा खेल हुने कुराको जानकारी गराउन चाहान्छौँ ।
OPS टेबल टेनिसका कार्यक्रमहरु ः १) उद्घाटन समारोह: २०७९, जेष्ठ २८ गते, दिनको ९ः३० बजे २) टेबलटेनिस प्रतियोगिता (केटी र केटा) क) जुनियर एकल केटी - १ ख) जुनियर एकल केटा - १ ग) जेष्ठ एकल केटी - १ घ) वरिष्ठ एकल केटा - १ ३) समापन समारोह: २०७९, जेष्ठ २८ गते, दिनको ३ः३० बजे ४) अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य को प्रमुख आतिथ्य तथा ओप्सका अध्यक्षको अध्यक्षतामा समापन हुनेछ । ५) अनुमानित लागतः ७५००० (पचहत्तर हजार रुपयाँ) ६) विजेताकोलागि पुरुस्कार : प्रथम, द्धितिय र त्रितिय ट्रफि (विद्यालय र विजयी विद्यार्थी दुबैलाई), मेडल र सर्टिफिकेट विजयी विद्यार्थीलाई मात्र
यसरी माथि उल्लेख गरिएको खेल व्यवस्थित रूपले सञ्चालन गरिने कुरा पत्रकार मार्फत सबैमा जानकारी गराउन चाहन्छौ । हरेक प्रकारका खेलकुदहरू अन्तराष्ट्रिय अभ्यास र नीति नियम भित्र रहेर सञ्चालन हुने र प्रत्येक खेलकुद सम्बन्धी नियम तथा समय तालिका समेत प्रतिस्पर्धामा सहभागी हुने सदस्य विद्यालयहरूलाई उपलब्ध गराइएको कुरा समेत जानकारीका लागि अनुरोध गर्दछौँ ।
प्रतिक्रिया दिनुहोस्