निजि अस्पतालले मनोमानी शुल्क लिए कारबाही गरिने विरगंज महानगरपालिकाको चेतावनी

फ्रन्टलाइन पालिका । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ ।

महानगरप्रमुख विजयकुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गरी संकटको समयमा नागरिकसँग मनोमानी शुल्क नलिन निजी अस्पताललाई आग्रह गर्नुभएको हो । कानुन विपरीत शुल्क उठाएको पाइएमा त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याउने महानगर प्रमुखको दावी छ ।

frontline

कोरोना भाइरसका कारण समुदाय नै अप्ठारोमा परेको स्थितिमा मानवीय सेवाको उच्च भावनाले काम गर्न र संक्रमित विरामीको उपचारमा संवेदनशील भइदिन मेयर सरावगीले निजी अस्पताल सञ्चालकसँग अपिल गर्नुभएको छ ।

‘वीरगञ्जमा विभिन्न सामाजिक संघ संस्था र व्यक्तिहरुले समेत संक्रमित र अप्ठ्यारोमा परेका परिवारहरुलाई सहयोग गर्न हातेमालो गरिरहनुभएको छ । अस्पतालबाट गरिने सेवामा पनि यस्तै भावना प्रकट हुने नैछ भन्ने विश्वास महानगरले लिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here