निजामती अध्यादेशमा रविलाई मनाउने प्रधानमन्त्रीको प्रयास
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित रवि निवासमा चार घण्टा लामो राजनीतिक संवाद भएको छ।
दुई नेताबीच बिहान १० बजेदेखि दिउँसो सवा २ बजेसम्म छलफल चलेको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन्। दुई शीर्ष नेताको संवाद लम्बिएपछि बुधबारका लागि तय भएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ। ‘सरकार सञ्चालयका केही विषय र अध्यादेशबारे साझा धारणा बनाउन भेटघाट भएको हो,’ ती पदाधिकारीले भने। निजामती अध्यादेश र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विषयलाई लिएर छलफल केन्द्रित रहेको स्रोतको दाबी छ।
नेपाल प्रहरीको पोसाक खरिदसम्बन्धी विवादलाई लिएर सिंहदरबारमा बिहीबार संसदीय उपसमितिको बैठक बोलाइएको छ। रास्वपाले यही मुद्दालाई देखाएर आईजीपी कार्कीको राजीनामा वा बहिर्गमनका लागि दबाब दिने सम्भावना छ। प्रधानमन्त्री निकट समूहले आईजीपीलाई राजीनामा दिन दबाब बढाएको समाचार बुधबार सार्वजनिक भएको थियो।






प्रतिक्रिया दिनुहोस्