नारायणीका केही ठाउँमा पानी सतर्कता तहभन्दा माथि, सावधानी अपनाउन,किनार छेउछाउमा नजान अनुरोध

१६ साउन, चितवन । हिजो आइतबारदेखि लगातार परेको पानीले नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ ।

भारी बर्षा मापन गरिएको कारण नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्र वा सो क्षेत्रका साना नदीहरूमा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै मौसम विभागले सावधानी अपनाउन तथा नदीकिनार छेउछाउमा नजान अनुरोध समेत गरेको छ ।

frontline

यता, बुढी राप्ती र खगेरी खोलामा बाढी आएको छ । बाढीले चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रका केही होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् ।

खोलमा बाढी आउँदा र लगातारको बर्ष नरोकिएका कारण सौराहा क्षेत्र समेत बाढी र डुबानको उच्च जोखिममा परेको छ ।

यसैबीच, महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा देशभर आउँदो बुधबारसम्म पानी पर्ने उल्लेख छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here