नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा

१६ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका १७ वटा ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षात संगै ती मध्ये ७ ठाउँमा साना ठूला पहिरो खसी सकेका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इ. सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी वजार नजिकको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् । ती ठाउँहरुमा यस वर्ष पहिरो खसेर दुःख दिईरहेका छन् ।

frontline

ती मध्य नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो ।

त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगाएतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेका थिए ।

कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउनुहुन्छ । राजधानी प्रबेश र वाहिरीने यो मुख्य सडकमा एक दिनमा १० हजार बढि सवारी साधन आवागमन गर्ने गर्दछन् ।

सडक पूर्ननिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको ब्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुदा समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “मुख्य रुपमा पुल वनाउदै गरेका ठाउँमा बढि समस्या देखिएको छ ।” ती ठाउँहरुमा भित्ता काटिएकाले पहिरो खसेको हो ।

सो सडक खण्डमा निर्माण गरिदै रहेको १९ पुल मध्ये चार वटाको निर्माण पुरा भएर हस्तान्तरण भैसकेको छ भने १४ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।

एउटा निर्माण शुरु हुने प्रकृयामा छ । नेपाल भारत क्षेत्रिय ब्यपार तथा यातायात परियोजना अन्र्तगत नारायणगढ–मुग्लिन सडकको ३६ किलो मिटर सडक विश्व बैँकको सहयोगमा बिस्तारको काम गरिएको थियो ।

सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु २ अर्व ९० करोड खर्च गरि ३ वर्ष लगाएर सडक बिस्तार गरिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्तो काटिएको थियो । जस मध्ये सात ठाउँमा महत्वका साथ पहिरो रोक्ने काम गरिएको थियो ।

पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको छ । सडक बिस्तारका क्रममा काटिएका भित्तो र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

सो सडकमा बर्षातको समयमा पटक पटक पहिरो खसेर दुःख दिने गरेको छ । नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिए पछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखहरु सहितका सरोकारवालाहरुको संयुक्त बैठक बसेर पूर्ब तयारीका योजनाहरु समेत तय गरिएको छ ।

पहिरोको उच्च जोखिम भएका क्षेत्रहरुमा उपकरण र जनशक्ति तयारी अबस्थामा राख्ने निर्णय गरि कार्यान्वयनमा ल्याईएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छाउन हरेक वर्ष कम्तिमा रु १३ लाख खर्च हुने गरेको तथ्याङ्क छ ।

हाल सो सडकमा पहिरो पन्छाउनका लागि स्काभेटर सहितको प्राबिधिक टोलि २४ सैं घण्टा सडकमानै बस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here