नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध,वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

चितवन । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

frontline

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ ।

प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् ।

माथिबाट लेदोसहित ठुलठूला ढुंगाहरू झरेर सडक अबरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here