नारायणगढ मुग्लिङ सडकखण्डमा स्कार्पियो पल्टिँदा सात जना घाइते

श्रोत : ईन्टरनेट

३० पुस, भरतपुर । नारायणगढ मुग्लिङ सडकखण्डमा स्कार्पियो पल्टिँदा सात जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तीन नम्बर पुलबाट शुक्रबार बेलुकी ५ः ३० बजे नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा १३च ४३६५ नम्बरको स्कार्पियो पल्टिँदा सात जना घाइते भएका हुन् ।

frontline

स्कार्पियो अनियन्त्रित भई नारायणगढ मुग्लिङ सडक खण्डको सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीको किनारामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कार्पियोका चालकसहित सात जना घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ ल्याइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here