नागार्जुन नगरपालिकामा नेपाली कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा
६ जेठ, काठमाडौं । नागार्जुन नगरपालिकामा ३२०७३ मतदाता रहेकोमा बैशाख ३० गते भएको निर्वाचनमा २४३८२ मत खसेको थियो । कुल मतदातको ७० प्रतिशत मत खेसको थियो ।
स्थानीय निर्वाचन नागार्जुन नगरपालिकामा मेयर पदका प्रत्यासी नेकपा एमाले नन्दरहरि गौतम ले ६६४१ र नेपाली काग्रेसका मोहन बहादुर बस्नेतले ७४३७ मत प्राप्त गरेका छन ।
उपमेयर पदमा गठबन्धका तर्फबाट उपमेयर तय गर्ने निर्णयका लागि नेपाली कांग्रेसले उपमेयर पदमा दिएको उम्ेमदवारी समेत फिर्ता लिएपनि गठबनधन संग सहकार्य नभए पछि कलम चिन्हबाट कृष्णहरि खत्री, छाता चिन्हबाट विनोद श्रेष्ठ, नेकपा माओवादी केन्द्र बाट प्रताप दानी उपमेयर पदमा निर्वाचनमा चुनावी मैदानमा छन भने नेकपा एमालेको तर्फबाट पुरानै उपमेयर सुशीला अधिकारीलाई निर्वाचनमा उम्ेदावर बनाएपछि उपमेयर पदमा विजय सुनिश्चित भएकी सुशीला अधिकारीको मत ६८९१ छ भने नेकपा माओवादीका प्रतापदनीको १४५८, कलम चिन्हबाट कृष्णहरि खत्री,१७०३ र छाता चिन्हबाट विनोद श्रेष्ठको ६४५ एवम राप्रपाको तर्फका उम्मेदवार कल्पना नेपालीको १५७३ मत प्राप्त गरेका छन् ।
१० वटा वडा रहेको नागार्जुन नगरपालिकामा वडा न. १ मा नेपाल िकाग्रसेका रामेश्वर लामा, वडा न.२ मा नेकपा एमालेका थुमराज केसी, वडा नं ३ मा नेकपा एमालेका उमेश लामा वडा नं ४ मा नेपाली काग्रेसका लक्ष्मीराम शर्मा, वडा नं ७ मा नेकपा एमालेका सैलेन्द्र लामा, वडा नं ८ मा नेकपा एमालेका सुरज पोखरेल, वडा नं ९ मा नेपाली काग्रेसका रामकृष्णा भट्टराई र वडा नं १०मा नेपाली काग्रेसका सुन्दर केसी विजयी भएका छन् । वडा नं ५ र ६ मा मतगणना जारी रहेको छ । गत स्थानीय निर्वाचनमा नेकपा एमालेको बहुमत भएपनि नागार्जुन नगरपालिकामा मिश्रीत परिणाम आउने भएको छ ।
नागार्जुन नगरपालिका सीतापाइल, काठमाडौं मतदाता विवरणः २०७९ वडा मतदाता संख्या खसेको मत दल विजय वडा अध्यक्ष
प्रतिक्रिया दिनुहोस्