नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सडक निर्माणको कामका लागि जेठ १० देखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा सडक बन्द रहनेछ।
  • काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक बन्द गर्ने निर्णय जानकारी दिए।
  • विकल्पका रूपमा धार्के–सितापाइला र टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

७ जेठ, काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

frontline

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न लागिएको जानकारी दिए । धादिङ जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वय गरेर यो निर्णय गरिएको उनले बताए ।

नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।

त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

नागढुङ्गा-|नौबिसे सडक बन्द

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here