नविल र काठमाडौँ महानगरविच सम्झौता : बैङ्कका शौचालय सार्वजनिक प्रयोगमा ल्याउन

२६ जेठ, काठमाडौँ । नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगमा आउने भएका छन् । यस सम्बन्धी आज काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

सम्झौताबमोजिम बैङ्कले सार्वजनिक शौचालय लेखेको संकेत चिन्ह स्पष्ट देखिने गरी राख्नेछ । यस बोर्डमा बैङ्कले सार्वजनिक उत्तरदायित्वअन्तर्गत काठमाडौँ महानगरपालिका र नविल बैङ्क लिमिटेडको सहकार्यबाहेक अन्य कुनै पनि प्रकारका प्रचार सामग्री राख्न पाउनेछैन । 

frontline

सम्झौता आउँदो ५ बर्षका लागि हो । यस अवधिमा वैङ्कले केन्द्रीय कार्यालय र शाखा कार्यालयका शौचालय सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछ ।

यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा बैङ्ककै हुनेछ । वैङ्कले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्नेछैन । 

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १÷१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् । 

सम्झौतापछि बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौड््यालले, सानो तर महत्वपूर्ण, नागरिकले सुनेको र देखेको सेवा लिन यसप्रकारको सम्झौता गरिएको उल्लेख गर्नुभयो ।

सेवाबाट नागरिकले प्रत्यक्ष लाभ लिन पाउनेछन् । यस्तै शौचालयको प्रयोग सम्बन्धी चेतना स्तर बढ्दै जानेछ । उहाँको भनाइ थियो । 

नागरिकको जीवन सहजता, सहरी व्यवस्थापन तथा सेवा वितरणका लागि बैङक महानगरसँग नजिक बसेर काम गर्न चाहन्छ ।

त्यस अवसरमा वैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले सहर सबैको भएकोले यसको संरक्षण र व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । महानगरको नेतृत्वमा आफूहरुले जिम्मेवारी पाए दायित्व बहन गर्न आफू तयार रहेको उहाँको भनाइ थियो । 

सम्झौतापछि बैङ्कका प्रतिनिधि मण्डलले महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटेर आफू महानगरसँग नजिक रहेर दायित्व बहन तत्पर रहेको बताउनुभएको थियो । 

त्यस क्रममा प्रमुख (बालेन) शाहले बैङ्कहरुको फोहोर व्यवस्थापन कसरी गरिरहेका छन् । महानगरसँग उनीहरु कस्तो खालको सहकार्य गर्न चाहन्छन्? जिज्ञासा राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here