नवनिर्मित वडा नं ४ भवन उदघाटन काठमाण्डौ महानगरपालिका
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा ४ को नव निर्मित भवनको उद्घाटन गरेका छन्।
२०७५ माघ १८ गते निर्माण पक्षलाई कार्यादेश दिएर २८ गते शिलान्यास गरेर करीब ३ करोड ५५ लाख २५ हजार रुपैयाँ लागतमा काठमाडौंको मौलिकता झल्कने साढे ३ तले भवनको क्षेत्रफल करीव ७ हजार स्क्वायर फिटमा फैलिएको छ।
भवन उद्घाटन पछि बोल्दै प्रमुख शाक्यले, समृद्ध भौतिक संरचनाबाट चुस्त सेवा प्रवाह हुने विश्वाश व्यक्त गर्दै भवनको भव्यतालाई चुस्त सेवाले सार्थक बनाउने बताएका थिए ।
त्यस्तै प्रदेश सभा सदस्य नारायण सिलवालले काठमाडौँ महानगरले उपयुक्त योजनामा खर्च गरेकोले वडा भवन निर्माण हुन सकेको उल्लेख भन्दै वडा कार्यालयहरु सरकारका सेवा केन्द्र रहेको धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस्