नर्भिकले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न समिति गठन गरिने

२४ साउन, काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो ।

frontline

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडि बढ्ने सहमति गरेका छन् । उनले प्राविधिहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताए ।

मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताए । उनले सार्वजनिक जग्गा मिच्ने, फूटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताए । मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताए ।

उनले अस्पताललाई मन्त्रिपरिषदले निर्णय गरेर जग्गा लिजमा दिएपनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषदले जग्गा अस्पताललाई दिनुपर्ने बताए । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताए ।

उनले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताए । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने कुरा भएको बताए ।

नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ ।

अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here