नयाँ मतदातालाई हसियाँ हथौँडा र कलममा नभई रुखमै भोट हाल्न लगाउनुपर्छ : महामन्त्री थापा

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बसेको केन्द्रीय कमिटीको बैठकमा नयाँ मतदातालाई हसियाँ हथौँडा र कलममा नभई रुखमै भोट हाल्न लगाउनुपर्ने बताएका छन् ।

पहिलो पटक नै रुखभन्दा अन्त्रय भोट हाल्न लगाएमा पछिल्लो चुनावमा ती नयाँ मतदाताले रुखमा भोट नहाल्ने महामन्त्री थापाले बताए ।

frontline

उनले भने, ‘देशभर लाखौ नयाँ मतदाता छन् उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो । तर, अहिले नै रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौँडा र कलममा भोट हालेका मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्लान् त ?’

महामन्त्री थापाले कसैगरी नयाँ मतदातालाई पहिलोपटक रुखमै भोट हाल्न लगाउनुपर्ने बताए । यसअघि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि गठबन्धन गरेर चुनावमा जानुको औचित्य खोजेका थिए ।

तर, सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचनमा गठबन्धन नगरी जाँदा आफू बल्लतल्ल चुनाव जितेको उल्लेख गर्दै जसरी हुन्छ गठबन्धन गर्नुपर्ने बताएका थिए ।

सभापति देउवाले आगामी चुनावमा गठबन्धन गरेर गएको खण्डमा पार्टीले सबै ठाउँमा चुनाव जित्ने ठोकुवा पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here