नयाँ तीन दललाई निर्वाचन चिह्न प्रदान

९ भदौ, काठमाडौं । निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। 

राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न राखेर दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई आयोगले मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान गरेको हो। 

frontline

उक्त चिह्न दलको निर्वाचन चिह्नका रूपमा रहने गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमका आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिनेछ।

यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here