नबिल बैंकका कर्मचारी र ग्राहकलाई कान्तिपुर डेन्टलले दन्त परीक्षण तथा उपचार सेवामा विशेष छुट

श्रोत : ईन्टरनेट

१० असार, पोखरा । कान्तिपुर इस्टिच्युट अफ हेल्थ साईन्स एण्ड डेन्टल हस्पिटल पोखराले नबिल बैंकका कर्मचारी र यसका ग्राहकहरुलाई दन्त परीक्षण तथा उपचार सेवामा विशेष छुट दिने भएको छ ।

हस्पिटल र बैंकबीच आज भएको सम्झौँता अनुसार अब कान्तिपुर र यसका सिस्टर्स अर्गनाईजेशनले नबिल बैंकका कर्मचारी र यसका ग्राहकहरुलाई साधारण दन्त स्वास्थ्य परीक्षण र उपचारमा १० प्रतिशत छुट दिने छ ।

frontline

यस्तै विशेष दन्त स्वास्थ्य परीक्षण तथा उपचारमा ७ प्रतिशत छुट दिने भएको छ । यस्तै सम्झौतामा काठमाडौँमा रहेको केडीसी जनरल हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गर्न जाने बैंकका कर्मचारी र सो बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने छन् ।

बुधबार पोखरामा आयोजित कार्यक्रममा हस्पिटलका सीईओ प्रतिकमान श्रेष्ठ र नविल बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाबीच उपचारमा सेवामा छुट दिने सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौँता पत्रमा हस्ताक्षर गरेपछि हस्पिटलका सीईओ श्रेष्ठले देशका विभिन्न स्थानमा रहेका कान्तिपुर डेन्टलका शाखा तथा काठमाडौँमा रहेका केडीसी जनरल हस्पिटलमा बैंकका कर्मचारी र बैंकका ग्राहकहरुले सो सुविधा पाउने बताए ।

उनले सो सेवा पाउन लिनका लागि कर्मचारी तथा ग्राहकले बैंकसंग आवद्धताको प्रमाणपत्र पेश गर्नु पर्ने बताए ।

कान्तिपुरले पोखरासंगै काठमाडौँ, चितवन, बुटवल लगायतका स्थानमा आफ्ना सिस्टर्स अर्गनाईजेशन सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here