नगर प्रहरी भर्नाको तयारीमा दिक्तेल रुपाकोट मझुवागढी नगर

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर प्रहरी भर्नाको तयारी थालेको छ । नगरको शान्ति–सुरक्षा एवं दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी नगरपालिकाले आफ्नै प्रहरी भर्ना तयारी गरेको हो ।

१५ वडा रहेको नगरपालिकामा तत्कालका लागि ११ नगरप्रहरी भर्नाको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।‘स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा व्यवस्था भएअनुसार नगरपालिकामा शान्ति सुव्यवस्था प्रभावकारी ढंगले कार्यान्वयन गर्न नगर प्रहरी भर्ना गर्न लागिएको हो ।

frontline

आगामी तिहारपछि नगर प्रहरी नियुक्तिका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया सुरु गर्ने योजना छ’, रिजालले भने ।

नगर प्रहरी भर्नाका लागि नगरपालिकाले सोसम्बन्धी ऐन पास गरिसकेको छ । प्रमुख रिजालका अनुसार नगरपालिकामा नियुक्त गरिने नगर प्रहरीका लागि आर्थिक वर्ष ०७७ र ७८ मा ४ लाख बजेट विनियोजन गरिएको छ ।

जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकामध्ये यसअघि ऐंसेलुखर्क गाउँपालिकाले गत वर्ष नै ३ गाउँ प्रहरी भर्ना गरिसकेको छ । शारीरिक परीक्षण, लिखित परीक्षा र अन्तर्वार्तामार्फत गाउँपालिकाले गाउँ प्रहरी छानेको हो ।

ऐंसेलुखर्कमा कालो टोपी, सेटो सर्ट, नीलो पाइन्ट र कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरी ड्युटीमा खटिएका देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here