नगरपालिकामा विद्यार्थीको धर्ना

चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीले आइतबार बरथहवा नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । आफ्ना समस्या राख्दा प्रहरीले दमन गरेको भन्दै विद्यार्थीले नगरपालिकामा धर्ना दिएका हुन् ।

नगरपालिकाका प्रमुख देवानन्द महतो, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको उनीहरूको आरोप छ । नगरपालिकासँग विद्यार्थीले विद्यालयमा नियमित पठनपाठन, विद्यालयमा भौतिक संरचना निर्माणलगायतका नौबुँदे माग राखेका छन् । विद्यालयका समस्याबारे ध्यानाकर्षण गराउन पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत विद्यालय प्रशासन र नगरपालिकाले बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

frontline

विद्यालयका प्रधानाध्यापक, नगरका प्रमुखलगायतको दादागिरीविरुद्ध धर्नामा बस्नुपरेको ११ कक्षामा अध्ययनरत ललिता शर्माले बताइन् । यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिने गरेको विद्यार्थीहरूको आरोप छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरूले गत शुक्रबार बरहथवा नगरपालिकाको कार्यालय र विद्यालयमा प्रदर्शन गरेका थिए । त्यसक्रममा आक्रोशित केही विद्यार्थीले ढुंगा प्रहार गरी नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुर्‍याएका थिए ।…..

https://statementandresponse.com/public/user/hariwan#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here