नगरपालिकाद्वारा लागत साझेदारीमा कृषकलाइ गाइ वितरण

श्रोत : ईन्टरनेट

नागार्जुन नगरपालिकाको तर्फ बाट रु  रु २५ लाखबाट ५० वटा  गाई टेन्डर मार्फत खरिद गरी किसानलाइ प्रदान

काठमाडौं ।  नागार्जुन नगरपालिकाले नगरपालिका भित्र रहेका गाइ पालक कृषक  प्रवर्द्धन कार्यक्रम अन्तर्गत गाइ प्रदान गरेको छ।

नगरपालिका भित्रव्यवसायिक रूपमा गाइ  पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि  नगरपालिकाले लागत साझेदारीमा प्रदेश सरकार बाट प्राप्त २५ लाख र नगरपालिकाको तर्फ बाट रु  रु २५ लाखबाट ५० वटा  गाई टेन्डर मार्फत खरिद गरी किसानलाइ प्रदान गरेको हो ।

frontline

व्यवस्थित पशुपालन व्यवसाय खास गरी उन्नत गाईपालन बाट नगरबासी कृषकको आर्थीक उन्नती गर्ने अवसर तथा आम्दानीको प्रमुख श्रोत वन्न सक्ने  हुँदा पहिला देखि नै गाइ पालनमा लागेका कृषकहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले लागत साझेदारीमा गाइ प्रदान गरिएको उप प्रमुख सुशिला अधिकारीले जानकारी गराइन। 

पहिलो दिन वडा नं ८ मा ११ वटा गाइ प्रदान गरिएको थियो भने हिजो वडा नं ७ मा ११ जना कृषकलाइ गाइ प्रदान गरिएको जानकारी दिदै अन्य वडाका कृषकलाइ आज र भोलि वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी गराइन     ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन नागार्जुन

poster-here