धरौटी बुझाएर छुटे ढाकाकुमार

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । ७५ हजार रुपैयाँ धरौटी तिरेर उनी आज छुटेका हुन् । 

कास्की जिल्ला अदालतले हिजो उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । सो रकम बुझाएर उनी छुटेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

frontline

‘उहाँलाई हिजो अदालतले ७५ हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । उहाँ धरौटी बुझाएर छुटिसक्नुभएको छ’,उनले भने । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रकम मागेको अडियो सार्वजनिक भएपछि कारबाहीमा परेका श्रेष्ठ गत भदौ २७ गते लागुऔषध कारोबारको आरोपमा समातिएका थिए । पोखराको पृथ्वीचोकमा दिया फार्मेसी चलाउँदै आएका श्रेष्ठको फार्मेसीबाट लागुऔषध खरिद गरेको एक युवकको बयानपछि उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here