धमाधम परियोजना बेच्दै सरकार

केही सरकारी जलविद्युत परियोजना बिक्रीमा राखिएको छ । नेपाली जलविद्युत कम्पनी वा त्यस्ता कम्पनीसँग साझेदारीमा रहेका ज्वाइन्ट भेन्चर कम्पनीहरुलाई बुट मोडलमा निर्माण गर्न इच्छुक भएमा आठ वटा परियोजनामा लगानी गर्न आग्रह गरिएको छ ।

विद्युत विकास विभागले गत शनिबार प्रकाशित गरेको सूचनामा सोलुखुम्बुका तीन, हुम्लाका दुई संखुवासभा र म्याग्दीका एक एक तथा पवर्त र म्याग्दीको सीमानामा रहेको एउटा जलविद्युत परियोजनाको निर्माण निजी क्षेत्रलाई दिन लागिएको उल्लेख छ । सरकारले बेनी कालीगण्डकी, दुधकोशी ४, हुम्ला कर्णाली, इन्खु खोला, कालिगण्डकी अपर, लोती कर्णाली, लोअर होंगुु र संखुवा खोला १ जलविद्युत परियोजना बुट मोडलमा बनाउन लागेको हो ।

frontline

कुनैपनि ठूला परियोजनाको निर्माण, सञ्चालन र निश्चित समयपछि हस्तान्तरण गर्ने मोडललाई बुट भनिन्छ । इच्छुक कम्पनीलाई यो मोडलमा सहभागी हुन एक महिनाको म्याद दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here