धनुषामा युवकमाथि गोली प्रहार, ४ जना नियन्त्रणमा

सान्केतिक तस्बिर

२२ फागुन, ढल्केवर(धनुषा) ।  धनुषामा एक युवकमाथि गोली प्रहार भएको छ । शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरमा गोली प्रहारबाट १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषा प्रहरीले जनाएको छ।

धनुषाको कमला नगरपालिका–७ घर भई बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका मुकेशमाथि शनिबार राति साढे ८ बजेको समयमा मामाको किराना पसलमा आएका स्थानीयहरुसँग बसेर कुराकानी गरिरहेको बेला गोली प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

frontline

उनका अनुसार घाँटीमै गोली अड्किएर गम्भीर घाइते भएका मुकेशलाई जनकपुरमा उपचार सम्भव नभएपछि राति नै काठमाडौं पठाइएको हो ।

घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्नेको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट पेस्तोल बरामद भएको डीएसपी बस्नेतले बताए । 

‘युवकमाथि गोली प्रहार गर्ने व्यक्तिको पनि पहिचान भइसकेको छ । अहिले चारजनालाई नियन्त्रणमा लिएर घटना विषयमा अनुसन्धान भइरहेको छ,’ डीएसपी बस्नेतले भने । गोली लागेका युवकको अवस्था गम्भीर रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here