धनुषामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकको मृत्यु

काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।

  ना ४ त १६८२ नम्बरको ट्याक्टरमा रा ६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।

frontline

दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जीवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here